प्राइम र कैलाशको साधारणसभा, यस्ता छन मुख्य एजेन्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2019 | 02:08:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाशलाई प्राप्तिको प्रकृयामा रहेको प्राइम कमर्शियल बैंक @Pri ले आफ्नो १२ औं बार्षिक साधारणसभा डाकेको छ। बैंकले यहि पुष २५ गतेको लागि राष्ट्रिय सभा गृह पृथ्वीमार्ग बिहान १० बजेको लागि १२ औं बार्षिक साधारणसभा डाकेको हो।  

उक्त साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर सेयर दिने संचालक समितिको प्रस्ताव पारित गर्नेछन भने कैलाशलाई प्राप्ति गर्ने प्रस्ताव समेत पारित गर्नेछ। 

साधारणसभा प्रयोजनार्थ बैंकले पुष १४ लाई बुक क्लोजको मिति तय गरेको छ। पुष १३ सम्म कायम सेयरधनीहरुले मात्र बैंकले घोषणा गरेको १६ प्रतिशत बोनस सेयर र सभामा भाग लिन पाउनेछन। 

सोहि दिन, कैलाश विकास बैंकले पनि आफ्नो २६ औं बार्षिक साधारणसभा अमृतभोग पार्टी प्यालेस कैलाशथानमा बिहान १० बजेको लागि डाकेको छ। 

कैलाशको साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई १६ प्रतिशत बोनस र २।७७ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्नेछ। त्यस्तै सभाले प्राइमको ९४ कित्ता बराबर कैलाशको १०० कित्ताका स्वापमा गाभिने प्रस्ताव पारित गर्नेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved