नेपाल बैंक Nepal Bank Limited ले उई उईल राईज फाउण्डेसन (We will rise foundation) लाई १५ लाखको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले फाउण्डेसनका फुर्वा तेन्जीङ्ग शेर्पालाई चेक हस्तान्तरण गरे ।
उक्त रकम डेभिड लामा बिवाक निर्माणमा प्रयोग गरिनेछ । बिवाक पर्वतारोहणको क्रममा बास बस्न प्रयोग गरिने स्टीलले बनेको आधुनिक बासस्थान हो । यो बासस्थान पर्यटक, हिमालआरोहि तथा भरियाहरुले रोल्वालिङ्ग बाट तशि लप्चा पास हुँदै थामे सम्म जान प्रयोग गर्न सक्नेछन् ।