एनआईसीले सुरु गर्यो बैंकिङ्ग क्षेत्र कै पहिलो आईभीआर सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2019 | 04:13:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले आईभीआर सेवा सञ्चालनमा ल्याएको छ । आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बर एसएमएस वा फोन कल दुबै माध्यमबाट दर्ता गरि यो सुविधा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । ग्राहकवर्गले यस सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आईभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्ने छन् । 

एसएमएस द्वारा आईभीआर दर्ता गर्नका लागि आईभीआर इस्पेस आफ्नो खाता नम्बर  IVR<space>Account Number  टाइप गरी  ३४४८८ मा पठाउनुपर्ने बैंकले जनाएको छ । एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भए पश्चात आईभीआर सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ । त्यस्तै फोन कलद्वारा आईभीआर दर्ता गर्नका लागि आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट यस बैंकको आईभीआर नम्बर ०१–५९७०१०० मा डायल गरिसकेपछि ग्राहक महानुभावहरुको सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सकिने छ ।  

यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको बैंकले दाबी गरेको छ । बैंकको ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved