सनराइज बैंकको एटिएममा मास्टरकार्ड चल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2019 | 06:28:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited ले मास्टरकार्ड सँग सहकार्य गरेको छ । बैकले आफ्नो एटिएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । यस सँगैे स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्ड मार्फत रकम निकाल्न झनै सहज हुने बैंकले जनाएको छ । 

बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना ए.टि.एम र पोइन्ट अफ सेल मार्फत भिषा कार्डहरु स्वीकार गर्दै आएको आएको छ ।

 हालसम्म यस बैंकको १२८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved