सनराइजको दुई शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 06:30:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले नवलपुरको मदनपुर र पिथौलीमा  शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

मदनपुर सेवाको उद्घाटन बफर जोन युुजर कमिटीको अध्यक्ष दोमन भण्डारी र कुमारवर्ती बिद्यालयको प्रधानाध्यापक दर्शन राज अमात्यले संयुक्त रुपमा गरका हुन् । ल्यस्तै कावासोती नगरपालिकाको अध्यक्ष खेम प्रसाद काफ्ले, शान्ति निकुन्ज उच्च माध्यमिक बिद्यालयको प्रधानअध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त रुपमा  पिथौली सेवाको उद्घाटन गरेका हुन ।

बैंकले १२८ वटा शाखा,४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved