मृतकका परिवारलाई एनएमबिले दियो ७ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 08:00:30 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमवि बैंक NMB Bank Limited ले मृतकका परिवारलाई विमा वापतको क्षतिपूति रकम हस्तान्तरण गरेको छ । बैंकले करेन्ट लागेर मृत्यु भएका 

भुवन सापकोटाका परिवारलाई रकम हस्तान्तरण गरेको हो ।

गोरखा जिल्ला भिमसेन गाँउपालिकाका सापकोटाको करेन्ट लागेर मृत्यु भएको थियो । बैंकले उनकी आमा गंगादेवी सापकोटालाई विमा वापतको ७ लाख रकम प्रदान गरेको हो ।

बैंकका कार्यकारी अधिकृत सुनिल के.सी तथा प्रमुख ब्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख,  गणेश पराजुलीको उपश्थितिमा गोरखा स्थित बैंकका जेष्ठ सँस्थापक सदस्य धिरज वहादुर मास्केले उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका थिए ।  भुवनको गत श्रावण २६ गते आरुघाट गाउपालिका, आरुआर्वाङको वायाक टोलमा विजुलीकोतार टाग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो । उनले आरुघाट स्थित एनएमवि बैंकवाट वचत कारोवार गदैं आएका थिए ।

हाल बैंकको देशैभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved