मर्जरमा जाने बैंकलाई थप सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 06:32:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने  बाणिज्य बैंकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रमा गर्नु पर्ने लगानीमा केहि सहुलियत दिएको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरु मर्जर वा प्राप्तिमा गई २०७७ असार मसान्तसम्म एकिकृत कारोबार सुरु गरे प्राथमिकताप्राप्त क्षेत्रमा तोकिएको कर्जा पुर्याउनु पर्ने अवधि २०७८ असार मसान्तसम्म कायम गरेको हो 

राष्ट्र बैंकले 'क' , 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता क्षेत्रमा आफ्नो कुल कर्जा र सापटीको क्रमश २५ प्रतिशत , १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने ब्यबस्था गरेको छ । जस अनुसार बाणिज्य बैंकले कृषिमा १० प्रतिशत र कृषि बाहेकका प्राथमिकताप्राप्त क्षेत्रमा १५ प्रतिशत लगानी गर्नु पर्ने ब्यबस्था छ । यदि बैंकहरु मर्जमा गई २०७७ असार मसान्तसम्म एकिकृत कारोबार सुरु गरे  तोकिएको कर्जा पुर्याउनु पर्ने अवधि २०७८ असार मसान्तसम्म कायम भएको हो 

तोकिएको कर्जा नपुर्याउने बैंकहरुलाई राष्ट्र बैंकले निम्न अनुसार जरिवाना गराउने छ 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved