घर तथा गाडी कर्जामा कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 07:13:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले व्यक्तिगत घर तथा गाडी कर्जामा कडाई गरेको छ । बैंकले मंगलबार एक सर्कुलर जारी गर्दै घर तथा गाडी खरिद गर्नको लागि कर्जामा कडाइ गरेको हो । बैंकले ब्यक्तिगत प्रकृतिको आवाधिक कर्जा, घर कर्जा र हार्यर पर्चेज कर्जामा कडाई गर्दै आम्दानीको ५० प्रतिशत भन्दा बढी किस्ता नबढ्ने गरि कर्जा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै राष्ट्र बैंकले कर्जा प्रभाव गर्दा ऋणीको आय स्रोत खुल्ने प्रमाणीत कागजात अनिवार्य रुपमा संलग्न गराउन निर्देशन दिएको छ । ऋणीले पेश गरेको स्रोतमा कर चुक्ता गरेको वा अध्यावधिक गरेको प्रमाणपत्रको आधारमा मात्रै आम्दानी गणना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । उक्त सीमाभन्दा बढी कर्जा प्रवाह गरेमा त्यसलाई सुक्ष्म निगरानीमा राख्दै सोही अनुसारको प्रोभिजन राख्नु पर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ ।

आम्दानी अनुसारको मात्रै कर्जा दिनुपर्छ भन्ने उदेश्यले यो ब्यवस्था लागु गरेको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल बताउँछन् । बिजपाटीसँग कुरा गर्दै ढकालले भने ‘ २० हजार आम्दानी हुनेले लाखको आम्दानी देखाएर बढी कर्जा लिए, जसले गर्दा कर्जाको जोखिम बढ्न पुग्यो, अव ऋणीको वास्तविक आम्दानी कति हो त्यसैको आधारमा कर्जा प्रवाह हुनुपर्छभेनेर उक्त ब्यबस्था लागु गरिएको हो ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved