महिला उद्यमीलाई सनराइज बैंकले १५ लाखसम्म ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 07:51:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ र सनराइज बैंक Sunrise Bank Limited  बीच महिला उद्यमी व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने  सम्झौता भएको छ । समझदारी–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा परसिंघका तर्फबाट महानिर्देशक मेघनाथ न्यौपानेले हस्ताक्षर गरेका छन । 

सम्झौता पश्चात् परिसंघमा आवद्ध सम्पूर्ण उद्यमी महिला सदस्यहरुको उद्यमशिलता विकास, सोका लागि आवश्यक सल्लाह र ब्याज अनुदान कर्जा लगानी सम्बन्धमा दुवै पक्ष सहमत भएको जनाइएको छ । समझदारी अनुसार बैँकले महिला उद्यमीहरुका लागि रु. पन्ध्र लाखसम्मको सहुलियतपूर्ण कर्जा स्विकृत ब्याजदरमा ६ प्रशित सम्मको छुट प्रदान गर्ने परिसंघले बताएको छ । 

साथै, परिसंघमा आवद्ध साना तथा मझौला उद्यमीहरुलाई सन्राइज बैँकले सरल रुपमा कर्जा लिने प्रक्रिया, सहुलियतपूर्र्ण कर्जा, कर्जा उपभोग गर्दाको फाईदा जस्ता कर्जासँग सम्बन्धित जानकारीमुलक तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरिने समझदारीमा उल्लेख छ ।

तालिम तथा अभिमुखिकरण कार्यक्रमको माध्यमबाट नेपाल उद्योग परिसंघका सदस्यहरु माझ बैंकिङ पहुँच पु¥याउने, विशेषतः महिलाहरुको उद्यमशिलता तथा सशक्तिकरणका लागि ब्याज अनुदान कर्जाको अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार परिसंघका सदस्यहरुलाई बैंकबाट कर्जा उपभोग गरेको अवस्थामा नयाँ खाता खोल्दा बैंकले जारी गर्ने डेबिट कार्ड, मोबाईल बैंकिङ तथा लकर सूबिधामा पहिलो वर्षको वार्षिक शुल्कमा पूर्ण छुट गर्ने । क्रेडिट कार्डका लागि योग्य ग्राहकलाई पहिलो वर्षको सदस्यता शुल्कमा पूर्ण छुट । सहित उपरोक्त सुविधाहरु बैंकका सम्पुर्ण शाखा कार्यालयहरु मार्फत उपलब्ध गराईने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved