सिद्धार्थ बैंकको एकैसाथ ७ शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2019 | 05:45:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले एकैसाथ सातवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार पाँच वटा र बुधबार दुई वटा शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले सप्तरीमा राजविराज र कल्याणपुर शाखा, सुनसरी स्थित इनरूवा शाखा, मोरङमा महेन्द्र चोक र कञ्चनबारी शाखा सञ्चालनमा ल्याएको हो । त्यसैगरी बैंकले बुधबार दमक स्थित राजमार्ग शाखा र मोरङ स्थित पथरी शाखे सञ्चालनमा ल्याएको हो । 

राजविराज शाखाको उद्घाटन नेपाल उद्योग वाण्जिय महासंघ सप्तरीका अध्यक्ष अरूण प्रधानले गरे भने कल्याणपुर शाखाको उद्घाटन खडग नगरपालिकाका उपमेयर मति यासमिंन सुल्तानले गरेका छन् ।  इनरूवा शाखाको इनरूवा नगरपालिकाका मेयर राजन मेहता, महेन्द्र चोक शाखा र कञ्चनबारी शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयकार भीम पराजुलीले गरेका हुन । राजमार्ग शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओली र पथरी शाखाको उद्घाटन नेपाल उद्योग वाण्जिय महासंघ पथरीका अध्यक्ष दीपक बस्नेत यसैगरी पथरी शाखाको शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले गरेका हुन । 

बैंकले राजविराज शाखा गत २०७५ आश्विन ४ गते, कल्याणपुर शाखा गत २०७६ कार्तिक १५ गते, इनरूवा शाखा गत २०७६ भाद्र ३० गते, महेन्द चोक शाखा गत २०७६ मंसिर २ गते, कञ्चनबारी शाखा गत २०७६ वैशाख १६ गते, राजमार्ग शाखा गत २०७६ वैशाख १६ गते र पथरी शाखा गत २०७५ वैशाख ३१ गते नै स्थापना गरी कारोबार गर्दै आएको थियो । 

बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित जम्मा १७६ वटा शाखा, १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved