लक्ष्मी बैंक र सेलपेबीच सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 04:21:55 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक Laxmi Bank Limited  ले भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको हो । सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवन प्रकाश लिम्बु र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । 

जस अनुसार बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु.१०० को मोबाइल रिचार्ज  पाउने छन् । त्यस्तै सेलपे मार्फत विभिन्न भुक्तानीहरु गर्दा आकर्षक लोयल्टी पोईन्ट पनि ग्राहकहरुले पाउने कम्पनीले जनाएको छ । यसका साथै सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट लक्ष्मी बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सकिने छ। 

लक्ष्मी बैंकले १२० शाखाहरु र १४५ एटीएमहरु मार्फत सेवा दिदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved