हिमालयनलाई हबिब बैंक समस्या, निष्काशन होला त एफपीओ ?

विजय पराजुली

विजय पराजुली

Dec 29, 2019 | 02:44:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई सेयर संरचना परिवर्तन गर्नलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले हिमालयन बैंकको गत आर्थिक बर्षको लाभांश प्रस्ताव स्वीकृत गर्दै हाल कायम सेयर संरचना परिवर्तन गर्नलाई निर्देशन दिएको हो। 

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सेयर संचरना परिवर्तन गर्नलाई निर्देशन दिएसँगै हिमालयनले सर्वसाधारणमा थप सेयर निष्काशन (एफपीओ) निष्काशन गर्ने बजार चर्चा छ। हाल बैंकमा संस्थागत र साधारण शेयरको संरचना ८५ र १५ प्रतिशत छ। राष्ट्र बैंकको निर्देशनअनुसार सेयर संरचना ७०-३० प्रतिशत गर्नुपर्ने हुन्छ।     

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन वाफियाको दफा ९ को उपदफा १ मा बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई विक्रि वितरण गर्नुपर्ने ब्यवस्था गरेको छ। यद्यपी सोही दफको उपदफा ६ मा संयुक्त लगानीको बैंकमा भने राष्ट्र बैंकले तोकेअनुसार साधारण शेयर विक्रि गरे हुने उल्लेख छ। 

राष्ट्र बैंकका अनुसार ५० प्रतिशत भन्दा धेरै विदेशी लगानी भएको बैंकलाई ७० प्रतिशत भन्दा माथि संस्थापक शेयर राख्न छुट छ। तर हिमालयन बैंकमा २० प्रतिशत मात्रै विदे्शी लगानी भएकोले संस्थापक शेयर अधिकतम ७० प्रतिशत मात्रै कायम हुनुपर्ने बाध्यता छ। 

अहिलेकै अवस्थामा हिमालयन बैंकसँग राष्ट्र बैंकको निर्देशन पालना गर्नलाई दुई विकल्प देखिन्छ। पहीलो, संस्थापकलाई साधारण शेयरमा रुपान्तरण गर्ने र दोस्रो थप साधारण शेयर (एफपीओ) निष्कासन गर्ने। 

संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्न राष्ट्र बैंक नै वाधक बन्ने सम्भावना छ। संस्थापक शेयर साधारणमा रुपान्तरण गर्दैमा त्यसमा सर्वसाधारण्को पहुँच नपुग्ने र अहीलेकै समुहको दबदबामा बैंक रहने हुनाले संस्थापकलाई साधारणमा रुपान्तरण गर्न दिने अथवा नदिने विषयमा राष्ट्र बैंकभित्र छलफल भइरहेको स्रोतले जनाएको छ । 

अर्को विकल्प भनेको एफपीओ जारी गर्ने रहेको छ। संयुक्त लगानीको बैंक भएकोले यसमा पनि समस्या देखिन्छ। संयुक्त लगानीको बैंक तथा वित्तीय संस्था न्युनतम २० प्रतिशत विदेशी लगानी हुनुपर्ने राष्ट्र बैंककै ब्यवस्था छ। एफपीओ जारी गर्दा विदेशी साझेदार हविब बैंकको शेयर हिस्सा घट्न जान्छ। एनएमबि बैंक मर्जरमा जाँदा विदेशी साझेदारको शेयर हिस्सा २० प्रतिशत भन्दा कम रहेपनि मर्जर नीतिका कारण उसले राष्ट्र बैंकबाट छुट पाएको थियो तर हिमालयन बैंकलाई यो सुविधा हुने सम्भावना न्यून रहेको राष्ट्र बैंक स्रोत बताउँछ। 

के छ विकल्प ? 

यसको समाधान बैंकले नै खोज्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। नियामकको निर्देशन बैंकले पालन गर्नुपर्ने बताउँदै समाधानको उपाय सहित बैंकले नै उपाय लिएर आउनुपर्ने राष्ट्र बैंकको भनाई छ। बैंकका अन्य प्रमोटरले हबिबलाई केही प्रतिशत प्रमोटर शेयर किन्न लगाउने र त्यसपछि एफपीओ निष्काशन गर्ने बिकल्प खोज्न सक्ने जानकारहरु बताउँछन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved