नेपाल इन्भेष्टमेन्टले ल्यायो साढे ७ बर्षमा पैसा डबल हुने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 04:18:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंक Nepal Investment Bank Limited  ले साढे ७ बर्षमा पैसा डबल हुने योजना ल्याएको छ। ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ योजनाअन्तर्गत साढे सात वर्षे अवधिमा निक्षेप दोब्बर हुने बैंकले जनाएको छ। 

निक्षेप दोब्बर हुनेमात्र नभइ यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायुअनुकूल (क्लाइमेट स्मार्ट) कृषि देखि स्वच्छ पारवहन र प्रदूषण रोकथामसम्मका ग्रिन परियोजनाहरूमा लगानी गरिने बैकको दाबि छ। यसबाट निक्षेपकर्ताहरूलाई विश्वव्यापी अभियानमा आफ्नो योगदान भएको भावसहितको सन्तुष्टि प्रदान गर्न सकियोस् भन्ने बैंकले उद्देश्य लिएको छ। 

यसका साथै, ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ निक्षेपका केही अन्य लाभहरूमा निक्षेपकर्ताहरूले क्रेडिट कार्ड लिदा ५० प्रतिशत छुट प्राप्त गर्ने र यो ग्रिन डबल मुद्दती निक्षेप राखेको डेढ वर्ष पूरा भएपछि निक्षेपको सतप्रतिशतसम्म ऋण सुविधा पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved