किन पोखरामा भेला भए वाणिज्य बैंकका सीईओ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 12:50:05 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु पोखरमा भेला भएका छन् । राष्ट्र बैकको बैंक सुपरिवेक्षण विभागले पोखरामा आयोजना गरेको सेमिनारमा सहभागी हुन सिइओहरु पोखरामा भेला भएका हुन् ।

राष्ट्र बैंकले २३ डिसेम्बर बाट परिक्षण फेजमा लागु गरेका सुपरभाइजरी इन्फरमेसन सिस्टमको विषयमा सेमिनार आयोजना गरेको हो। परिक्षण फेजमा रहेको सिस्टमलाई कसरी कार्यन्वयन गर्न सकिन्छ भन्नेबारे विभागले सीईओहरुसँग छलफल गर्न लागेको राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागिलाले जानकारी दिए ।

यो सिस्टम लागु भएपछि बैंकहरुले विवरण पठाउँदा सिधै सिस्टममा अपडेट गरे हुने र हार्ड कपी लिएर राष्ट्र जानुपर्ने बाध्यताको अन्त्य हुने नागिला बताउँछन् । राष्ट्र बैंकले माघ १ गतेदेखि यो सिस्टम लागु गर्ने गरि तयारी गरेको छ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved