एनआईसी एसियाको कार्ड प्रयोग गर्दा १० प्रतिशत नगद फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 07:05:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आईसी एशिया बैंक NIC Asia Bank Limited ले कार्ड प्रयोग कर्तालाई क्यासव्याक अफर प्रदान गर्ने भएको छ । अंग्रेजी नयाँ बर्षको अवसरमा बैंकले भीजा कार्डमार्फत खरिद तथा भुक्तान गर्दा १० प्रतिशत र अधिकतम १५०० रुपयाँ सम्म क्यासव्याक प्रदान गर्ने भएको हाे ।

उक्त क्यासव्याक प्राप्तगर्न न्यूनतम ५०० रुपँयाको खरिद गर्नुपर्ने र योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार अफर योजना डिसेम्वर ३१ तारिख देखी फेब्रुअरी १५ तारिख सम्म लागुहुने छ । 

बैंकले ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम र १०३ वटा एक्स्टेन्सन काउण्टर मार्फत सेवा दिदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved