२ सय करोड प्रोभिजन गर्नुपर्ने बाध्यतामा नेपाल इन्भेष्टमेन्ट बैंक

विजय पराजुली

विजय पराजुली

Jan 03, 2020 | 01:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले करिब २ अर्ब रुपैयाँको प्रोभिजन गर्नुपर्ने अवस्था आएको छ। तनहुँ हाइड्रोको ठेकेदार कम्पनी सीएमसीसँगको मुद्दा हारेपछि बैंकले १ अर्ब ९२ करोड रुपैयाँ प्रोभिजनमा राख्नुपर्ने अवस्था आएको हो। 

इटालीयन ठेकेदार कम्पनी सिएमसीको पक्षमा इटालीको स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोन्गा’ ले फैसला गरेपछि बैंकको इटालियन बैंकबाट पाउने काउन्टर ग्यारेनटी नपाउने भएको छ । यद्दपी बैंकले इटालीको इन्टेसा सानपओलो बैंकबाट काउन्टर ग्यारेन्टी लिनको लागि इटालीको ३ न्यायधिस हुने बेन्चमा   पुनरावेदनको लागि जान पाउनेछ। 

उक्त बेन्चबाट फैसला आउँन करिब ४५ दिन लाग्छ। ३ न्यायधिस हुने बेन्चबाट पनि बैंकको पक्षमा फैसला नआए कानुनी उपचारको लागि अदालत जाने बाटो खुला हुन्छ। अदालतको फैसला आउँन २/३ बर्ष लाग्न सक्ने बताइन्छ।  

यता नेपाल राष्ट्र बैंकले बैंकलाई चैत मसान्तसम्मको म्याद दिएको छ। चैत मसान्तसम्म पनि बैंकको यो 'केश' नमिले बैंकले शतप्रतिशत प्रोभिजन गर्नुपर्ने नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ। यहि घटनाको कारणले बैंकको गत आर्थिक बर्षको नाफाबाट प्रोभिजन गर्नुपर्ने रकमको ५० प्रतिशत रकम संचित मुनाफामा छुट्याएर मात्र लाभांश दिनलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो।

यस आर्थिक बर्षको चैत मसान्तसम्म पनि यो केश नमिले नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ९२ करोड प्रोभिजनमा राख्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंक ग्यारेन्टीको उक्त पैसा फिर्ता नपाउँदासम्मलाई बैंकले सो बराबरको पैसा प्रोभिजनमा नै राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

यस विषयमा बैंकलाई कुनै पनि औपचारीक जानकारी नआएको बैंकका डेपुटी जेनरल म्यानेजर तथा सुचना अधिकारी विजेन्द्र सुवाल बताउँछन्। राष्ट्र बैंकमा पनि यस विषयमा कुनै औपचारीक जानकारी नआएको एक उच्च अधिकारीको भनाई छ। 

यस विषयमा औपचारीक जानकारी आएपनि राष्ट्र बैंकले तत्काल केहि गर्न नसक्ने तर इन्भेष्टमेन्ट बैंकले त्यहाँको उच्च अदालमा निवेदन दिएर पुन सुनुवाई गर्नुपर्ने राष्ट्र बैंकका अधिकारिको भनाई छ। 

भएको के थियो ? 

गत वर्ष इटालीयन ठेकेदार कम्पनी सिएमसिको माउ कम्पनी टाट पल्टीएपछी नेपालमा मेलम्ची खानेपानी र तनहुँ हाइड्रोपावरको ठेक्का पाएको सिएमसि भागेको थियो। तनहुँ हाइड्रोको बैंक ग्यारेन्टी र ठेक्का सम्झौता पुरा भएपछी उक्त कम्पनी भागेको र तनहुँ हाइड्रोले लिखित पत्राचार गर्दा पनि उक्त कम्पनी नआएपछी २८ दिनको सुचना जारी गर्दै तनहुँ हाइड्रोले उक्त ठेक्का सम्झौता तोडेको थियो। 

ठेक्का तोडेसँगै तनहुँ हाइड्रो बैंकबाट जमानत वापतको करिब १ अर्ब ९२ करोड नेपाल इन्भेष्टमेन्ट बैंकबाट असुल गरेको थियो । बैंकले उक्त जमानतको लागि इटालीकै इन्टेसा सानपओलो बैंकबाट काउन्टर ग्यारेन्टी ल्याएको थियो । बैंकले तनहुँ हाइड्रोलाई जमानत रकम चुक्तानी गरेसँगै इटालीयन बैंकसँग दाबी गरेको थियो । 

ठेकेदार कम्पनीले भने नेपालमा काम गर्ने वातावरण नभएको तथा ठेकेदार कम्पनीले आफुमाथि छल गरेको लगायतका कारणले आयोजना छाड्नुपरेकाले बैंक ज्ञारेन्टी वापतको रकम भुक्तानी गर्न नसक्ने भन्दै स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोन्गा’ मा पुगेको थियो । उक्त अदालतले काउन्टर ग्यारेन्टी वापतको रकम नेपाली बैंकलाई भुुक्तानी गर्नुनपर्ने बताएसँगै नेपाल इनभेष्टमेन्ट बैकलाई समस्या परेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved