ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रम सञ्चालन गरेको छ । बैंकले केन्द्रीय लगायत प्रादेशका बिभिन्न कार्यालयहरुमा कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकको केन्द्रीय कार्यालयले सञ्चालन गरेको उक्त कार्यक्रम उपत्यका बाहिर ७ स्थानमा सञ्चालन भएको थियो । उक्त कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले रक्तदान गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार उपत्यका बाहिर बिराटनगर, जनकपुर, चितवनको नारायणगढ र भण्डारा, पोखरा, बुटवल र नेपालगञ्ज शाखामा कार्यक्रम सञ्चालन भएको थियो ।