महिला उद्यमीलाई सनराइज बैंकले सहुलियत कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 05:57:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । बैंक र भक्तपुर घरेलु तथा साना उद्योग संघ बीच सम्झौता भएसंगै बैंकले उक्त कर्जा उपलब्ध गराउने भएको हो ।  मम्झौतामा संघको तर्फबाट अध्यक्ष वीरेन्द्र जटि र बैंकको तर्फबाट व्यापार बैंकिङ्ग प्रमुख हरि प्रसाद आर्चायले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार बैंकले बीमा र व्याज अनुदान तथा निर्यातमा नगद प्रोत्साहन सहितको सहुलियतपूर्ण कर्जा दिने छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम रोजगार सृजना गरि आर्थिक उन्नति चाहने महिला उद्यमी तथा नेपाल राष्ट्र बैंकले तोकेको योग्यता पुगेका अन्य व्यक्ति तथा व्यवसायीले यो सुबिधा लिन सक्ने बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved