उद्यमशीलता विकासमा सनराइज बैंकले सहयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 06:03:03 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य महासंघ र सनराइज बैंक Sunrise Bank Limited  बीच उद्यमशीलता विकासमा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा महासंघका महानिर्देशक धरणीधर खतिवडा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार महासंघमा आबद्व उद्यमीहरूलाई बैंकले उपलब्ध गराउने कर्जा उपभोग गर्दाको फाईदा, कर्जासंग सम्बन्धित जानकारीमुलक कार्यक्रमका साथै महिला सशक्तिकरणका लागि सहुलियतपूर्ण कर्जाको अभिमुखिकरण कार्यक्रम सञ्चालन हुनेछ ।

सम्झौताबाट महिला उद्यमशिलता विकासमा थप सहयोग पुग्नुका साथै महासंघसंग आवद्ध संघ, संस्थाका उद्यमीहरू माझ बैंकिङ पहुच पुग्ने विश्वास दुबै पक्षको रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved