एनआरएनएलाई एभरेष्ट बैंकको विशेष सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 06:15:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited  ले एनआरएनएसँग सम्झौता गरेको छ । सम्झौतामा एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी र बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्र कुमार नेगीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार एभरेष्टमा खाता खोल्ने एनआरएनलाई  बैंकले विभिन्न सुविधा पुर्याउने  बैंकले जनाएकाे छ ।  बैंकका अनुसार एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट तथा मोबाइल बैकिंग, ई–स्टेटमेन्ट, एबीबीएस, लकर सुविधा रहेकाे छ । त्यस्तै क्रेडिट कार्डमा ५० प्रतिशत  र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा छुटका साथै उच्च प्रतिफल प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले ९५ शाखाहरु, ३ एक्सटेन्शन काउन्टर मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved