२२ वर्षपछि नेपाल बैंकका लगानीकर्तालाई लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 05:38:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले लाभांश पारित गरेको  छ ।  बैंकको शुक्रबार सम्पन्न ६० औं वार्षिक साधारणसभाले यसअघि संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको हो । बैंकले शेयरधनीलाई २२ वर्षपछि लाभांश दिएको हो । 

बैंक संचालक समितिले लगानीकर्ताई १० प्रतिशत नगद (कर समेत) लाभांश र १५ प्रतिशत बोनसशेयर गरि २५ प्रतिशत लाभांश दिने घोषण गरेको थियो । बोनस शेयर पारित भएसँगै बैंकको चुक्तापूँजी ११ अर्ब २८ करोड २८ लाख भन्दा माथि पुगेको छ । यस्तै बैंकको साधारणसभाले अधिकृत पूँजीलाई १० अर्बबाट बढाएर १५ अर्ब  पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकको साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७५/७६ को नाफा/नोक्सान हिसाब पारित गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved