कर्जा सुस्तताले वित्तीय प्रणाली सहज, पुसमा पनि देखिएन तरलता अभाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 10:15:54 AM मा प्रकाशित

laxmi  sunrise bank

पुष मसान्तमा बैंकहरुमा तरलता सहज देखिएको छ । पछिल्ला वर्षहरुमा पुष मसान्त नजिँकिदै गर्दा बैंकहरुमा तरलता अभाव हुने गरेको थियो। त्यस्तै  पुष मसान्तमा  ठुलो मात्रामा अन्तर बैंक कारोबार हुने गरेको थियो भने अन्तर बैंक ब्याजदर पनि ६ प्रतिशत भन्दा माथि सम्म पुग्ने गरेको थियो । तर यस पटक भने अवस्था फरक देखिएको छ ।

नेपालमा सरकारले त्रैमासिक रुपमा आयकर उठाउने गरेको छ । जसले गर्दा प्रत्येक त्रैमासको अन्त्यमा नीजी क्षेत्रले करको रुपमा ठुलो मात्रामा सरकारलाई पैसा बुझउने गर्दछन । जसको प्रभाव बैंकहरुको निक्षेपमा देखिने गरेको थियो ।यो वर्ष भने बैंकहरुमा तरलताको कुनै समस्या नरहेको नेपाल बैंकर्स संघका कार्यकारी प्रमुख अनिल शर्मा बताउँछन् । बैंकहरुमा कर्जा प्रवाहमा सुस्ताता देखिँदा पुष मसान्तमा बैंकहरुमा तरलताको कुनै समस्या नरहेको शर्माको भनाई छ ।

यता राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्ट पनि वित्तीय प्रणलीमा तरलताको कुनै समस्या नरहेको बताउँछन । पुष २७ गते आइतबार बैंकिङ प्रणालीमा ३७ अर्ब भन्दा माथि तरलता रहेको भट्टको भनाई छ । यद्यपी गत शुक्रबारको भन्दा आइतबार ७ अर्बले बैंकहरुको निक्षेप घटेको भट्टको भनाई छ । आइतबार बैंकहरुमा तरलता घट्दा अन्तर बैंक ब्याजदर सामान्य वृद्धि भएर १.३ प्रतिशत पुगेको उनले जानकारी दिए । गत शुक्रबार भने अन्तर १.१६ प्रतिशत रहको उनको भनाई छ । यस्तै बैंकहरुको सिसिडि रेसियो ७८ प्रतिशत रहेको छ ।

पुषमा निक्षेप र कर्जामा सन्तुलन

पुषमा निक्षेप करिब ४० अर्बले बढ्दा कर्जा ३० अर्बले वृद्धि भएको छ । आइतवार साँझ सम्म वाणिज्य बैंकहरुको अन्तर बैंक कारोबार समेत निक्षेप ३० खर्ब ३४ अर्ब र निक्षेप २६ खर्ब ९५ अर्ब रहेको राष्ट्र बैंकका प्रवक्ता डा. भट्ट बताउँछन् । पुष १ मा वाणिज्य बैंकको निक्षेप २९ अर्ब ९५ करोड र कर्जा २६ खर्ब ६५ अर्ब रहेको थियो । पुष महिनामा सोमबार र मंगलबारको तथ्यांक आउन बाँकी नै रहेकोले छ र यो दुई दिनमा पनि राजश्वको रुपमा ठुलो रकम सरकारी खातामा जाने भएकोले बैंकहरुको निक्षेप केहि घट्ने सम्भावना रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved