सानिमा बैंकका महिला ग्राहकलाई पाटन अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 05:10:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र अस्पतालका तर्फबाट निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गरे ।

बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजार सम्म उपचारका लागि सहयोग गर्ने सम्झौतामा उल्लेख छ । प्रत्येक “नारी बचत खाता” बापत बैंकले मासिक १ रूपयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले बैंकले अस्पतालसँग सम्झौता गरेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved