सिटिजन्स बैंक Citizens Bank International Limited ले विपन्न व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले १५० थान कम्बल वितरण गरेको हो ।
सिरहाको भवानीपुर गाउँपालिकाको ठाडी र नहरा तथा लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्न व्यक्तिहरुलाई उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले ८५ शाखा, ८६ एटिएम र १०३ वटा शाखा रहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।