सिटिजन्स बैंकका ४ शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 04:26:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले माघ ५ गतेबाट ४ शाखा थप गरेको छ । बैंकले चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर र नुवाकोटको देवीघाटमा शाखा सञ्चालनमा ल्याएको हो । 

यी शाखामार्फत ग्राहकले सम्पूर्ण रिटेल बैकिंग सेवा पाउने बैंकले जनाएको छ । बैंकले हाल प्रदेश  १ मा ११, प्रदेश २ मा ८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा १३, कर्णाली प्रदेशमा ७ तथा सुदुरपश्चिम प्रदेशमा ५ गरी कुल ८९ शाखा, ८५ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ । 

बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर समेत गरिसकेको छ । प्राप्तिपश्चात बैंकको शाखा संख्या १०३ पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved