एनएमबि बैंक NMB Bank Limited ले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । उक्त कार्यालयको उद्घाटन बैंकका सञ्चालकद्धय राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सुदूर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र बिकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्ग सम्म बैकिङ्ग सेवाको पहु“च पु¥याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको बताए ।
बैंकले १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।