सिटिजन्स बैंकको नाफा घट्यो, अरु सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 10:37:50 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स बैंक Citizens Bank International Limited  को खुद ब्याज आम्दानी घट्दा मुनाफा सामान्य घटेको छ । बैंकको कुल ब्याज आम्दानीमा वृद्धि भएपनी ब्याजको खर्चमा पनि वृद्धि हुुँदा खुद ब्याज आम्दानीमा घटेको हो।

बैंकले चालु आर्थिक वर्षं दोस्रो त्रैमासमा ६८ करोड ७७ लाख १ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको अवधिको भन्दा ८ अर्ब २६ करोड ४४ लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ७७ करोड ३ लाख ४५ हजार खुद मुनाफा आर्जन गरेको थियो । दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा भने ६२ करोड १० लाख ५९ हजार रहेको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ४३ करोड ७९ लाख ९९ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ५ करोड ६५ लाख ४२ हजारल कम हो । नेपाल राष्ट्र बैंकले बैंकहरुको स्प्रेड रेटमा गरेको कडाई र स्प्रेड रेट गणना विधिमा गरेको परिमार्जनको प्रभाव बैंकको वासलातमा देखिएको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब २९ करोड ६८ लाख आम्दानी गर्दा २ अर्ब ८० करोड २३ लाख ५२ हजार मात्रै बयाज खर्च गरेको थियो । तर यो वर्ष ४ अर्ब ६८ करोड ब्याज आम्दानी गर्दा ३ अर्ब २५ करोड ब्याज खर्च गरेको छ । जसले गर्दा बैंकको खुद ब्याज आम्दानी पनि घट्न पुगेको छ ।

बैंकले दोस्रो त्रैमास सम्ममा ९५ करोड ५९ लाख ७९ हजार संचालन मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा १३ करोडले कम हो । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ८ करोड ६४ लाख भन्दा बढी संचालन मुनाफा आर्जन गरेको थियो । पुष मसान्त सम्ममा ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ८८ करोड ३१ लाख ९५ हजार र संचित कोषमा ६६ करोड ३४ लाख ८३ हजार रुपैयाँ राखेको छ ।

पुष मसान्त सम्ममा बैंकले ७५ अर्ब ५९ करोड ३३ लाख निक्षेप संकलन गरेर ६९ अर्ब ९ करोड ८१ लाख कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७० अर्ब ५० करोड ९० लाख निक्षेप संकलन गरेर ६२ अर्ब ९१ करोड १९ लाख कर्जा लगानी गरेको थियो । खराब कर्जा ०.९९ प्रतिशत रहेको बैंकको सिसिडि रेसियो ७८.८६ प्रतिशत रहेको छ । पुँजीकोष अनुपात १२.७८ प्रतिशत रहेको बैंकको कोषको लागत ७.९४ प्रतिशत, आधार ब्याजदर १०.७९ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ४.३२ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९५ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४१ रुपैयाँ १३ पैसा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved