एनआईसी एसियाले सम्पत्ति सुद्धिकरण निवारणको लागि नयाँ सफ्टवेयर किन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 03:53:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सम्पत्ति सुद्धिकरण  तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारणको लागि नयाँ सफ्टवेयर खरिद गर्ने भएको छ । बैंकले सफ्टवेयर खरिद गर्ने सम्बन्धि सम्झौतामा भारतको इन्फ्रासफ्ट टेक्नोलोजी रनेपालको एम्नील टेक्नोलोजीसँग त्रिपक्षीय सम्झौता गरेको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, इन्फ्रासफ्टका भाइस प्रेसिडेन्ट अमित शमा र एम्नीलका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरेका छन् । बैंकले ईण्ड टू ईण्ड एएमएल/सीएफटी सोलूसनसफ्टवेयर खरिद गर्न  लागेको हो ।

सफ्टवेयर कार्यान्वयनमा ल्याए पश्चात् सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने बैंकले जनाएको छ । त्यस्तै सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।  

बैंकले ३१३ शाखा, ४२६ एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदानगर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved