नेपाल इन्भेस्टमेन्टका ग्राहकलाई चिरायु नेसनल अस्पतालमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 07:14:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंक Nepal Investment Bank Limited  का ग्राहकले चिरायु नेसनल अस्पतालमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच भएको सम्झौता पछि ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहक, कर्मचारी तथा सेयरधनीले उक्त अस्पतालमा स्वास्थ्य उपचार गराउदा छुट पाउनेछन् ।सम्झौतामा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका हुन् । यस्तै अस्पतालले बेड शुल्क, परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा भएको लागतको केही प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

बैंकले ८२ शाखा, १२४ एटीएम, १६ एक्सटेन्सन काउन्टरहरू र १० राजस्व संकलन काउन्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved