एनआईसीद्धारा सागका पदक बिजेतालाई नगद पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 08:25:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा  पदक बिजेता खेलाडिहरुलाई पुरस्कार वितरण गरेको छ । बैंकले नेपाल एपीएफ क्लबमा आवद्द रहेका तर सागमा पदक जितेका खेलाडिहरुलाई नगद पुरस्कार प्रदान गरेको हो । 

बैंकले सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा पुरस्कार स्वरुप ९ लाख ९५ हजार बराबरको रकम प्रदान गरेको जनाएको छ ।उक्त पुरस्कार रकम बराबरको चेक बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरेका हुन् ।

बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved