एभरेष्ट बैंक Everest Bank Limited ले ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले उद्घाटन गरे ।
बैंकले हाल ९५ शाखा, ३ एक्सटेन्शन काउन्टर र १२२ एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।