प्रदेश ५ मा नबिल बैंकको नयाँ योजना, आवेदन दिएको ३५ घण्टाभित्र ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2020 | 11:12:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले नबिल सजिलो एक्सप्रेस कर्जा योजना सुरु गरेको छ । अधिकतम १०.५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने गरी बैंकले यस्तो योजना ल्याएको जनाएको छ । के्रडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने र ब्याजदर तोक्ने नबिल पहिलो बैंक बन्न पुगेको छ । 

साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइने बैंकले जनाएको छ । आवेदन प्राप्त भएको ३५ घण्टाभित्र कर्जा स्वीकृत गरिने बैंकले जानकारी दिएको छ ।

यो कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य व्यक्तिलाई निःशुल्क क्रेडिट कार्ड जस्ता सुविधा रहेको बैंकको जनाएको छ । 

डिसेम्बर २३, २०१९ मा काठमाण्डौबाट सुरु भएको यो कर्जा योजना प्रदेश ५ मा पनि सुरु भएको छ । बैंकले सातै प्रदेशमा उक्त कर्जा योजना लैजाने लक्ष्य लिएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल सजिलो एक्सप्रेस कर्जा साना तथा मझौला व्यवसायीहरुको आवश्यकताहरुलाई सम्बोधन गर्ने गरी ल्याइएको बताए । 

बैंकले हाल १०२ शाखा, १४३ एटिएममार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved