नेपाल एसबिआई बैंकको ऋणपत्र माघ २८ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 09:23:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited  ले माघ २८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले एक हजार अंकित मूल्यका २५ लाख कित्ताले हुन् आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये बैंकले १५ लाख कित्ताले हुन् आउने १ अर्ब ५० करोड बराबरको प्राइभेट प्लेसमेन्टबाट र बाँकि १० लाख कित्ता १अर्ब बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्रि गरिने जनाएको छ । सर्वसाधारणलाई छुट्याइएको कित्ता मध्ये ५० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको बैंकले जनाएको छ । 'नेपाल एसबिआई बैंक ऋणपत्र २०८६' नाम दिइएको १० वर्षे अवधिको उक्त ऋणपत्रमा बैंकले  १० प्रतिशत ब्याज प्रदान गर्ने छ

ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले छिटोमा फागुन २ गतेसम्म र सो अवधिसम्ममा पुरै आवेदन नपरे फागुन २८ गतेसम्म आवेदन दिन सक्ने छन् । न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved