नवलपुरमा ग्रीन बैंकका थप दुई शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 10:23:38 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन डेभलपमेण्ट बैंक Green Development Bank Limited  ले नवलपुर जिल्लामा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपुरको गैडाकोट नगरपालिका–५,कांग्रेसचोक र कावासोती नगरपालिका–२, कावासोतीमा उक्त शाखा सञ्चालनमा ल्याएको हो  । उक्त शाखा कार्यलयको उद्धघाटन बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ र पुर्व संचालक नरेन्द्र रमण त्रिपाठीले गरेका हुन् । 

बैंकले निःशुल्क एटिएम डेविट कार्ड, अत्याधुनिक मोवाईल बैंकिङ्ग सुविधा, कनेक्ट आईपिएस, निःशुल्क एविविएम सुविधा, सुनचाँदी धितोमा कर्जा लगायतका विभिन्न बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ । बैंकका हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा १३ वटा शाखा सञ्चालनमा रहेका छन् ।  निकट भविष्यमा तनहूँका विभिन्न स्थानहरुमा समेत शाखा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved