बैंक अफ काठमाण्डूका ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुपमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 06:22:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited का ग्राहकले सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको सेवामा छुट पाउने भएका छन् । बैंक र विजनेश ग्रुपबीच भएको सम्झौतासँगै सिद्धार्थ विजनेशमा बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत सम्म छुट पाउने भएका हुन् ।

सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ ग्रुपका ब्यापार विभाग निर्देशक प्रभाकर खडकाले हस्ताक्षर गरे । सम्झौता पश्चात् सिद्धार्थ ग्रुपको ६ होटल, ३ रिसोर्ट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा बिओकेका ग्राहकलाई छुट हुने भएको हो ।

बैंक अफ काठमाण्डूले ८७ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved