थापा र मानन्धर राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 05:59:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले २ जना निर्देशकलाई कामु कार्यकारी निर्देशकमा बढुवा गरेको छ । राष्ट्र बैंकले बरियताक्रम अनुसार निर्देशकहरु विश्रुत थापा र रामबहादुर मानन्धरलाई कामु कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

यसअघि सुपरिवेक्षण विभागको निर्देशक रहेका विश्रुत थापाले मुद्रा ब्यवस्थापन विभागको जिम्मेवारी पाएका छन । यस्तै विकास बैंक सुपरिवेक्षण विभागको निर्देशक रहेका रामबहादुर मानन्धरले संस्थागत योजना विभागको जिम्मेवारी पाएका छन् । थापाले २०६० सालबाट राष्ट्र बैंकको सेवा सुरु गरेका थिए ।

कार्यकारी निर्देशकद्धय लक्ष्मी प्रपन्न निरौला र महेश्वरलाल श्रेष्ठले ३० वर्ष सेवाअवधिको कारण अवकास पाएपछि रिक्त रहेको पदमा थापा र मानान्धर बढुवा भएका हुन् । केही समय अघि मात्रै राष्ट्र बैंकले निर्देशक द्धय रेवति प्रसाद नेपाल र रामु पौडेलले कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए । नेपाल कार्यकारी निर्देशकमा बढुवा भइसकेका छन् भने पौडेले कामु कार्यकारी निर्देशक नै रहेका छन् । नेपाल र पौडेले कार्यकारी निर्देशकद्धय सुनिल उदास र सरिता भट्ट अधिकारीको ३० वर्षे सेवाअवधिको कारण अवकास भएपछि रिक्त भएको पदमा बढुवा भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved