बाँकेमा सिद्धार्थ बैंकको थप २ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 12:36:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले  बाँकेमा २ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले न्यु रोड नेपालगञ्ज  र बिपी चोकमा शाखा संचालनमा ल्याएको हो ।   

 बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन  नेपालगञ्ज उप महानगरपालिकाका उप-मेयर सुश्री उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाले गरेका हुन् भने बिपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उप-महानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ  सापकोटाले संयुक्त रुपमा गरेका हुन् । 

बैंकले  १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत् सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved