बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘ब्रह्मा, विष्णु र महेश्वर भनेकै राष्ट्र बैंक हो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 05:16:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको लागि राष्ट्र बैंक ब्रह्मा, विष्णु, महेश्वर सबै भएको बताएका छन् । उनले राष्ट्र बैंकका हरेक नीति पालना गरिने पनि बताएका छन् । 

नेपालमा वित्तीय क्षेत्र अत्यन्तै प्रतिस्पर्धी रहेको भन्दै उनले निक्षेपको ब्याजदर बढ्नु र कर्जाको घट्नुले स्प्रेड खुम्चेको बताए । राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा उनले स्प्रेड रेटमा संकुचन आउँदा पनि राष्ट बैंक नियन्त्रीत मानसिकताबाट माथि उठ्न नसकेको आरोप लगाए । ब्याजदर स्वभाविक रुपमा घट्दै जाँदा पनि विभिन्न क्षेत्रबाट राष्ट्र बैंकले कन्ट्रोल गर्न खोजेको उनको भनाई छ । उनले स्प्रेड रेटको गणना विधिमा भएको परिवर्तनप्रति लक्षीत गर्दै अन्तराष्ट्रिय स्तरमा भएको नीति नियम लागु गर्नुपर्ने सुझाव दिए । 

‘प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने कर्जाको पोटफोलियो किन्न पाउँनुपर्छ’ उनले भने ‘जुन बैंकको जुन क्षेत्रमा दक्षता छ त्यसमा कर्जा लगानी गर्ने र अर्को बैंकले अर्कोमा दक्षता छ भने अर्को क्षेत्रमा लगानी गर्न सकियोस् । जसले राज्यको उदेश्य पनि पुरा भयो र बैंकहरुलाई पनि सहज होस ।’ उनले थपे, ‘हामीलाई उच्च आर्थिक वृद्धिको लागि कर्जा विस्तार पनि गर्नुछ तर विभिन्न क्षेत्रमा कडाई हुँदै छ, अहिलेको अवस्थामा नेपालका बैंक तथा वित्तीय संस्थालाई काउन्टर साइक्लिकल बफर आवश्यक छैन ।’  

उनले प्राथमिकताप्राप्त क्षेत्रमा गरेका कर्जा लगानीलाई लगातार २ वर्ष घाटामा जाँदा सुक्ष्म निगरानीमा राख्नुपर्ने ब्यवस्थालाई कम्तिमा ४÷५ वर्ष बनाउनुपर्ने र ५ प्रतिशतको प्रोभिजनलाई २ प्रतिशतमा झानुपर्ने सुझाव दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved