सिटिजन्स बैंकको स्मार्ट बचत खाता संचालनमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 05:57:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक ईन्टरनेसनल Citizens Bank International Limited ले ‘सिटिजन्स स्मार्ट बचत खाता’  योजनाको शुरु गरेको छ ।

व्यक्तिगत ग्राहकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सक्ने बैंकले जनाएको छ । यसैगरी उक्त खाता अन्तर्गत ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेकुर प्रविधिको व्यवस्था रहेको छ । यस्तै निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने लगायतका सुविधाहरु उपलब्ध रहेको बैंकले जनाएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक बर्षको बार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । उक्त खातावाला ग्राहकले जुनसुकै ए.टि.एम बाट पैसा निकाल्दा शुल्क नलाग्ने पनि बैंकले जनाएको छ । यसैगरी उक्त योजना अन्तर्गत दैनिक मौज्दातमा ६ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त खाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागज रहित वातावरणमैत्री हुने भएकोले उक्त खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन । 

बैंकले ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंककिंङ मार्फत सेवा दिदै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved