प्राइम बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 04:02:09 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले  बिक्रि प्रबन्धक चयन गरेको छ ।बैंकले ऋणपत्र निष्काशन गर्नका लागि आरविवि मर्चेन्ट बैंकिङ्गलाई प्रबन्धक नियुक्त गरेको हो । प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

बैंकले ३ अर्ब ५० करोड रुपयाँ बराबरको जम्मा ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा २१ लाख कित्ता व्यक्तिगत तबर (प्राइभेट प्लेसमेन्ट) र १४ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुने छ। निष्काशन  गर्न लागेको ऋणपत्रको प्रत्यक कित्ताको मूल्य एक हजार रुपयाँ रहेको छ । आठ बर्षको समयवधिमा रहेको  ऋणपत्रमा लगानीकर्ताले १०.५ प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ । 

आर्थिक बर्ष २०७६।०७७ को दोस्रो त्रैमासको प्रतिवेदन अनुसार बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७ सय रुपयाँ रहेको छ । त्यस्तै बैंकको जगेडा कोष  ३ अर्ब १९ करोड ६७ लाख ३१ हजार २ सय ५३ रुपयाँ रकेको छ भने प्रति शेयर आम्दानी रु.२६।८६ रहेको छ । साथै बैंकको संचित आय २ अर्ब ४६ करोड ११ लाख १७ हजार १ सय ३९ रुपयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved