सेञ्चुरी बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 06:34:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  ले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको  २ प्रतिशत बोनस र  ४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले २ प्रतिशतले हुन् आउने १६ करोड ८३ लाख ९ हजार बराबरको बोनस र  ४.७५ प्रतिशतले हुन  ३९ करोड ९७ लाख ३४ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । हाल कम्पनीको चुक्ता पुंजी ८ अर्ब ४१ करोड ५४ लाख रहेको छ ।  

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved