एनएमबि बैंकले एकसाथ गर्‍यो ३ व्यवसायीक संघसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 05:12:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited र विभिन्न व्यवसायीक संघ संगठनबीच सम्झौता भएको छ । बैंक र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघबीच एकसाथ सम्झौता भएको हो । सम्झौता अनुसार संघका सदस्यहरूको क्षमता विकास, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत लगायतमा बैंकले सहयोग गर्नेछ । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र हाते कागजका अध्यक्ष नरेन्द्र बहादुर साउद, अल्लो उद्यमी संघका अध्यक्ष बुद्धि पुर्जा मगर तथा उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved