एनएमबिले कन्चन डेभलपमेन्ट बैंकलाई गाभ्ने, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 07:10:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। यस सम्बन्धमा दुवै बैंकबीच आज (माघ २६)  सम्झौता भएको जनाइएको छ। कन्चनको प्राप्तिले बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको एनएमबि बैंकले जनाएको छ।

कन्चनको प्राप्तिबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको एनएमबि जनाएको छ। एनएमबि बैंक बिगत २५ बर्ष देखि बैंकिङ्ग कारोवार गरिरहेको संस्था हो भने कञ्चनपुर जिल्ला, महेन्द्रनगर स्थित मुख्य कार्यालय रहेको कन्चन डेभलपमेन्ट बैंक विगत १० बर्ष देखि बैंकिङ्ग कारोवार गर्दै आइरहेको संस्था हो। 

त्यस्तै कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूर पश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको “ख” वर्गको बैंक हो ।

कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरि ५ बटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई उक्त क्षेत्रका सर्वसाधारण जनताहरुलाई थप बैंकिङ्ग सेवा प्रदन गर्न सक्षम हुनेछ  विश्वास लिएको छ।

स्वाप र संचालकको अवस्था ?

स्रोतकाअनुसार एनएमबीले कन्चनलाई ८५ को स्वापमा प्राप्ति गर्न लागेको हो। ८५ को स्वापमा प्रारम्भिक सहमति भएपनि डीडीएको रिपोर्टको आधारमा  १० प्रतिशत तलमाथि हुन गएमा स्वाप परिवर्तन हुन् सक्नेछ।

पद घटेपनि सेवा सुविधा नघट्ने गरि कर्मचारी समायोजन गर्ने सहमति भएको सोतको भनाई छ। कन्चनका सीईओ पनि समायोजन भएर एनएमबीमा आउने तर संचालक समिति भने एनएमबीकै हुने सहमति भएको छ। ६ महिनाभित्र एकीकृत कारोबार गर्ने लक्ष्य भएको स्रोतको भनाई छ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved