हिमालयन बैंक मर्जरमा नजाने, एफपिओ नल्याउने

नयाँ संचालक समिति चयन
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 02:50:21 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैक मर्जरमा नजाने भएको छ । बुधबार सम्पन्न साधारणसभामा शेयरधनीबाट उठेको प्रश्नको जवाफ दिँदै बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकको मर्जरमा जाने कुनै योजना नरहेको र एफपिओ निष्काशनको तयारी पनि नभएको बताएका हुन् ।

शेयरधनीहरुले उठाएको प्रश्नको जवाफ दिदै सीइओ राणाले भने ‘मर्जरको लागि राष्ट्र बैकले पत्र काटेर के गर्दै हुनुहुन्छ भनेर साधेको छ, तर हबिबको शेयरको बेच्न लागेको र अर्काे विदेशी साझेदार खोज्न क्रममा रहेकोले अहिले मर्जरमा जान पर्दैन भनेर राष्ट्र हामीलाई भने छ । ‘ उनले अहिले कुनै पनि बैकसँग मर्जर छलफल नभएको र राष्ट्र बैक तथा अर्थ मन्त्रालयले पनि फोर्स मर्जर भन्दा पनि बिचार मिल्छ भने मात्रै मर्जरमा जान भनेकोले तत्काल मर्जरको सम्भावना नरहेको बताएका हुन् । मर्जर समिति बनेकोले विचान मिल्ने राम्रो बैंक आएमा समितिले छलफल गर्ने उनले स्पस्ट पारे ।

उनले एफपिओ ल्याउँदा विदेशी साझेदार हबिबको शेयर संरचना फेरबेदल हुने भएकोले त्यो बाटोमा नजाने पनि बताए । राष्ट्र बैकले शेयर संरचना परिवर्तन गर्न निर्देशन दिएको र यसको लागि राष्ट्र बैकको ब्यवस्था अनुसार यो वर्ष १० प्रतिशत शेयरलाई संस्थापकबाट साधारण बनाउन प्रस्ताव गरेको उनले बताए । उनले भने ‘ राष्ट्र बैंकले १५ प्रतिशतलाई नै एकैपटक परिवर्तन गर्न दिन्छौ त्यहि अनुसार प्रस्ताव ल्याउन भनेकोले त्यसको प्रक्रिया अगाडी बढेको छ'।

शेयरधनी उठाएको प्रश्नकै जवाफ दिँदै बैकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले नेपाल राष्ट्र बैकले तालिमको लागि विदेश जान सक्ने ब्यवस्था गरेको कारण आफुलाई समस्या भएको बताए । उनले युवराज खतिवडा गभर्नर हुँदा संचालक बैंकको खर्चमा विदेश भ्रमणमा जान नपाउने व्यवस्था गरेकोले त्यो बेलामा आनन्द भएको भए पनि अहिलेको गभर्नरले त्यसमा परिवर्तन गरेर जान सक्ने ब्यवस्था गदर्ना आफुलाई असहज भएको बताए । उनले भने, ‘संचालकले बैकको नाममा विदेश भ्रमणमा जाँउ भनेर प्रस्ताव ल्याउँछ तर मैले अहिले सम्म त्यसलाई अस्वीकार गरेर बसिरहेको छु'। कर्मचारी र संचालकलाई विदेश जान नपाउने ब्यवस्था गर्न राष्ट्र बैंकलाई नै भन्न समेत उनले सेयरधनीलाई सुझाव दिए ।

उनले संचार माध्यमले सिइओ र आफुले एकै ठाउँमा बसेर ड्रीङ्स गर्दा सम्बन्ध राम्रो छ भनेर नभन्ने गरेको तर केही योजनामा फरक मत भएर छलफल गर्दा फलानो बैंकमा संचालक र सिइओ विवाद भनेर हेडलाईन बन्ने गरेकोमा दुखेसो पोखे । सिइओ अशोक राणा र आफ्नो सम्बन्धमा कहिल्यै पनि तनाव उत्पन्न नभएको उनले दाबी समेत गरे ।

बैंकको साधारणसभाले संस्थापक शेयरधनिको तर्फबाट संचालकहरूमा आशीस शर्मा, प्रचण्ड बहादुर श्रेष्ठ, सुनिल बहादुर थापा, फैजल ललानी र तुलशी प्रसाद गौतमलाई निवार्चित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved