खल्तीको नेटवर्कमा जोडियो एनआईसी एसिया बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 04:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited  र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका सीईओ रोशन कुमार न्यौपाने र खल्तीका डाइरेक्टर अरविन्द साहले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले मोबाईल तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । उक्त सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त एक पेमेन्ट गेटवे हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved