माछापुच्छ्रे कर्पोरेट सुपर सिक्स प्रतियोगितामा ११ बैंक सहभागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 06:50:00 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे Machhapuchchhre Bank Limited  कर्पोरेट सुपर सिक्स प्रतियोगिता आगामी शुक्रबारबाट सुरु हुने भएको छ । ५ ओभरको हुने उक्त प्रतियोगिताको छैठौँ संस्करण त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुन लागेको हो । 

प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ठ हुने खेलाडीले यमाहाको तर्फबाट एफजेड भी बाईक प्राप्त गर्नेछन् । त्यस्तै लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर, फिल्डर, विकेटकिपरसहित सर्वा्धिक छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने छन् । माछापुच्छे, सेन्चुरी बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक, नबिल बैंक, नेपाल राष्ट्र बैंक, कुमारी बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक, कामना सेवा विकास बैंक, प्राइम कमर्शियल बैंक, आईसीएफसी फाइनान्स, गोर्खा वित्त , एनसेल ए, एनसेल बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दूतावास, नेपाल जीवन बीमा लगायतका २३ कर्पोरेट हाउसहरुले यस वर्षको प्रतियोगिता सहभागिता जनाउने आयोजकले बताएको छ । 

यस्तै सहभागी टोलीलाई विभिन्न समूहमा विभाजित हुने र प्रत्येक टोलीले आफ्नो समूहमा एक अर्कासँग खेल्नेछन् । प्रत्येक समूहका शीर्ष २ टोली प्री क्वार्टर फाइनलको लागि योग्य हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरू प्राइम टाइम्स टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछन् आयोजकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved