सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited ले माया घर नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले इटहरी स्थित माया घरलाई ८० हजार रुपयाँ सहयोग गरेको हो ।
माया घरले विभिन्न उमेर समुहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका ५४ जनालाई उद्धार गरी औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको छ ।
बैंकले ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा सञ्चालन गर्दै आईरहेको छ ।