सिसिटिभी जडान गर्न सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 05:12:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले  सि.सि. टि.भी. जडान गर्नका निम्ती आर्थिक सहयोग गरेको छ । बैंकले पोखरामा सि.सि. टि.भी. जडान गर्न उपभोक्ता समितिलाई ७५ हजार रुपयाँ सहयोग गरेको हो ।

बैंकले पोखरा महानगर पालिकाको पालीकाचोक देखि राष्ट्रबैंक चोक सम्म सि.सि.टि.भी. जडान गर्न रकम  प्रदान गरेको जनाएको हो।   बैंक तथा वित्तीय संस्था, सुनचादी पसल र आर्थिक कारोबार हुने व्यबसायिहरुको सुरक्षाको निम्ती सि.सि.टि.भी. जडान गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै अइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved