सनराइज बैंकका ग्राहकलाई क्युएफएक्समा पपकर्न फ्री, कुमारी हलबाट योजना सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 06:24:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited ले कुमारी हलमा 'सनराइज पपकर्न मनिला' योजनाको उद्घाटन गरेको छ ।  योजनाको उद्घाटन बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वेस्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले गरेका हुन् । 

बैंकले क्यूएफएक्स सिनेमाको सहकार्यमा योजना ल्याएको हो । तीन महिनासम्म संचालन गरिने उक्त योजना अवधिभर ग्राहकरूले नेपालभरीका क्युएफएक्स सिनेमाघरमा कुनैे पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशूल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार योजना अन्तर्गतबाट प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशूल्क पपकर्न प्राप्तगर्न सकिनेछ । अफर लिनको लागि ग्राहकले टिकट खरिद बापतको रकम बैैकका डेबिट वा  क्रेडिट कार्ड प्रयोग गरी  पिओएस टर्मिनल  मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । 

यसअघि :

सनराइज बैंकका ग्राहकलाई फ्लिम हलमा पपकर्न फ्री



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved