मेगा बैंकको नयाँ योजना, १ हजार राखेर खाता खोल्दा ७ लाखसम्मको दुर्घटना बिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 03:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल  Mega Bank Nepal Limited  ले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले योजनाको २०२० संस्करण ल्याएको जनाएको छ । 

योजना अन्तर्गत न्यूनतम एक हजार रुपैंया खातामा बचत हुनु पर्ने र त्यसमा  ६.५ प्रतिशत ब्याज साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था रहेको बैंकले जनाएको छ । योजनामा ग्राहकलाई ५० हजार रुपयाँसम्मको मेडिकल बिमा र ७ लाख रुपयाँको दुर्घटना बिमाको व्यवस्था रहेको छ ।  

मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो बर्ष निशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ । यस्तै नेपालभित्रका जुनसुकै बैंकका एटीमबाट रकम झिक्न कुनै शुल्क नलाग्ने बताइएको र खातावाललाई ऋण लिन पनि उक्त योजनामा सुविधाहरु रहेको बैंकले जनाएको छ । 

बैंक अनुसार देशभरका एक सय ११ वटै शाखाबाट यो योजना अन्तर्गतको खाता खोल्न सकिन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved